रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

रुकुम पश्चिम, २३ कात्तिक । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सोमबार बिहान आठबिसकोट नगरपालिका–५ थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *