मकवानपुरमा इभी गाडी ७०० मिटर तल खस्यो, १० जनाको मृत्यु, पाँच घाइते

काठमाडौं, २६ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्रारम्भिक विवरणअनुसार बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेको हो। दुर्घटनाका बेला गाडीमा १५ जना सवार थिए। तीमध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको छ।

नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *