मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबन्दासम्म पुरानै मन्त्रिपरिषद्ले काम गर्ने

जनकपुर, २८ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरिएको हो।

त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको र नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म पुरानै मन्त्रिपरिषद्ले कार्यभार सम्हाल्ने जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *