रुजवेल्टको आगमनले बढाएको संशय : मध्यपूर्वमा युद्धको बादल कि अमेरिकी सैन्य रणनीतिको नयाँ चाल?
रुजवेल्टको आगमनले मध्यपूर्वमा युद्धको सम्भावना बढेको हो कि अमेरिकाले वार्ताको टेबलमा आफ्नो शक्ति प्रदर्शन गरेको हो भन्ने प्रश्नको उत्तर तत्काल दिन कठिन छ।
काठमाडौं । मध्यपूर्वमा अमेरिकी विमानवाहक पोत यूएसएस थियोडोर रुजवेल्टको आगमनसँगै इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको छ। यसअघि नै क्षेत्रमा रहेका दुई अमेरिकी विमानवाहक पोतसँगै रुजवेल्ट पनि पुगेपछि अमेरिकी सैन्य उपस्थिति थप शक्तिशाली देखिएको छ। तर यो तैनाथी इरानमाथि नयाँ सैन्य आक्रमणको पूर्वतयारी हो वा पुरानो पोतलाई प्रतिस्थापन गर्ने नियमित सैन्य फेरबदल मात्रै हो भन्ने प्रश्न अझै अनुत्तरित छ। युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास असफलप्रायः भइरहेका बेला खाडी क्षेत्रमा देखिएको सैन्य गतिविधिले मध्यपूर्वको सुरक्षा अवस्था थप अनिश्चित बनाएको छ।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
