सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ, २ मङ्सिर । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार तीन हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तीन हजार ४९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *