सिन्धुलीमा ढुङ्गाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सिन्धुली, १ मङ्सिर । सिन्धुलीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१० डाँडाटोल निवासी ४१ वर्षीय मनोज कार्की रहेका छन् । उनले ३९ वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई सामान्य विवादका क्रममा ढुङ्गाको लोहोरो प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।

लोहोरो प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले मनोजलाई गएराति पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *