जबरजस्ती करणी गरेको आरोपमा बाँकेबाट ३२ वर्षीय चौधरी पक्राउ

बाँके, ३ मङ्सिर । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका–८ निवासी ३२ वर्षीय सन्तोष चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *