ललितपुरमा एक भारतीय नागरिकको फ्‍ल्याटमा प्रहरीकाे छापा, ५० लाख नगधसहित पाँच जना पक्राउ

ललितपुर, २१ असार । ललितपुरमा एक भारतीय नागरिकको सुन पगाल्न प्रयोग गरेको फ्ल्याटमा प्रहरीले छापा मारेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको फ्ल्याटमा प्रहरीले छापा मारेको हाे ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनापछि प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको जनाएकाे हाे ।

प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेकाे छ। पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ले जिल्ला घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका-८ बस्ने २० वर्षीय यसवन्त सुनार छन्।

प्रहरीले उनीहरूकाे साथबाट १६९.९७० ग्राम सुन, २४६.२५० ग्राम चाँदी, एउटा डिजिटल तराजु, मोबाइल, हार्ड डिस्क, सिमकार्ड, ५० लाख चार हजार ७३० रुपैयाँ नगध र सुन पगाल्ने मेसिनसमेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *