शेयर बजारमा नेप्से ११.९३ अङ्कले बढ्यो

काठमाडौँ, १ असोज । बिहीबार सेयर बजार ११.९३ अङ्कले बढेको छ। यो वृद्धिपछि बजार परिसूचक नेप्से २६२४ अङ्कमा कायम भएको छ। कारोबार रकम पनि सामान्य बढेको छ — अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४९ करोडको भयो।

आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ। यो समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढ्यो। त्यस्तै बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढे भने लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटे। आज १७७ कम्पनीको मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ भने १६ कम्पनीको स्थिर रह्यो।

कुन शेयर बढी, कुन घट्यो
धौलागिरि लघुवित्तको मूल्य १२.४३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.४४ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ५.५१ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ४.१९ प्रतिशतले बढ्यो। यसअघि हाथवे इन्भेस्टमेन्टको २.९७ प्रतिशत, सीवाईसी लघुवित्तको २.८० प्रतिशत र सिर्जनशील लघुवित्तको २.७८ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा पिपुल्स हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *