सुनको मूल्य फेरि बढ्यो, तोलाको १ लाख ६९ हजार पुग्यो

काठमाडौं, २८ माघ । आज स्थानीय बजारमा सुनको मूल्य फेरी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ६८ हजार २ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको मूल्य १ हजार ९ सय ६० रुपैयाँ थियो।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा निर्धारण हुन्छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।