रुस । विश्वकप फुटबलमा आयोजक रुस समूह चरणको आफ्नो अर्को खेलमा विजयी हुँदै दोस्रो चरण नजिक पुगेको थियो
इजिप्टमाथि उसले हासिल गरेको ३-१ को जितलाई सेन्ट पिटर्सबर्गस्थित रंगशाला र रुसभरि हर्षोल्लासले स्वागत गरिएको थियो।
यसअघिको आफ्नो पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५-० ले हराएको थियो।
मोहम्मद सलाहको टोली इजिप्टले रुसी खेलाडीले टाउकोले हानेको बल रोक्ने प्रयासमा ४७ औँ मिनेटमा आत्मघाती गोल खाएको थियो।
काँधमा चोट लागेका सलाह पहिलो पटक मंगलवारको खेलमा सहभागी थिए।
उनले पेनाल्टीमार्फत एक गोल हाने पनि त्यो सान्त्वना गोल मात्रै बन्न पुग्योबुधवार हुने खेलमा साउदी अरेबियाले युरुग्वेलाई पराजित गर्न सकेन भने रुस दोस्रो चरणमा प्रवेश गर्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ।
मंगलवार आफ्नो प्रतिद्वन्द्वी टोलीलाई हराउँदै सेनेगल यो विश्वकपको समूह चरणको पहिलो खेल जित्ने पहिलो अफ्रिकी देश बनेको थियो।
अरू चार अफ्रिकी टोलीहरूले यो विश्वकपमा खेलेका आफ्ना पहिलो खेलमा पराजय बेहोरेका छन्।
