सुन र चाँदीको मूल्यमा गिरावट: आज कति छ त भाउ ?
काठमाडौँ, १ फागुन । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ ।
बजारमा आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि ३४० रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार रुपैयाँ कायम भएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ५ हजार ६५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८४ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारकै प्रभावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन भएको व्यवसायीहरूले बताएका छन् ।