प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ७० अर्ब, खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट भाषणमा निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्नुभएको छ । आगामी वर्ष जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १,०४० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा थप्ने र कुल जडित क्षमता ५,५३५ मेगावाट पुग्ने उहाँले प्रक्षेपण गर्नुभएको छ । त्यसैगरी आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।