निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकतामा
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट भाषणमा निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकता दिनुभएको छ । निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा गरिएको छ । त्यसैगरी सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।