उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन, आजका सबै इजलास स्थगित

ललितपुर, १६ असार । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मङ्गलबार बिहान असामयिक निधन भएको छ। उहाँको निधनको शोकमा उच्च अदालत पाटनले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको नियमित सुनुवाइ (इजलास) स्थगित गरेको छ।

अदालत प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको असामयिक निधनले सिङ्गो अदालत परिवार स्तब्ध र शोकमा डुबेकाले आजका सम्पूर्ण इजलासहरू स्थगित गरिएको जानकारी दिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *