राष्ट्र बैंकद्वारा तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ, २ असोज । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ।

राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोलमा सहभागी हुन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *