राष्ट्रिय खेलकुद प्रतियोगिताकाे दशौं संस्करण कर्णालीमा हुने

काठमाडौं, ३ कार्तिक । राष्ट्रिय खेलकुद प्रतियोगिताकाे दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको हो ।

दशौं राष्ट्रिय खेलकुद वि.सं. २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने बैठकले निर्णय गरेको छ । प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुने जनाएकाे छ ।