बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

काठमाडाैं, २१ पुस । बागमती प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान भएको छ।

बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई शर्माले आज समय दिएका हुन्।

दलहरूलाई पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिइएको छ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।