प्रमुख प्रतिपक्षी दल एमालेद्वारा संसद अवरोध
काठमाडाैं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेका छन् ।
पशुपतिको मन्दिरको गजुरका विषयमा सत्तापक्षीय नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेलाई आधारहीन, कपाेकल्पित आराेप लगाएकाले एमालेका सांसदहरूले बैठक अवरोध गरेका हुन् ।
त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका थिए। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।
एमाले प्रमुख सचेतक पदम गिरीले सांसद दाहालले लगाएकाे आरोप उक्त रेकर्ड हटाउनुपर्ने र दाहालले माफी माग्नुपर्ने अडान राखेका छन् ।
दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।