भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १६ साउन । भारतबाट पेट्रोलियम पदार्थकाे मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेर आएकाे छ ।

नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ ।