मेसी फेरि अन्तर्राष्ट्रिय फुटबलमा फर्कने

messi

अर्जेन्टिना । स्टार स्ट्राइकर लियोनल मेसीले आफ्नो देशको मायाका कारण फेरि अन्तर्राष्ट्रिय फुटबलमा फर्कने घोषणा गरेका छन् । रियो ओलम्पिकको समूह चरणबाटै अर्जेन्टिना बाहिरिएपछि मेसी देशको राष्ट्रिय जर्सीमा फर्कने घोषणा गरेका हुन् ।
कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि २९ वर्षीय मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका थिए । तर मेसीले अहिले भनेका छन्, ‘त्यस रात मैले धेरै विचार गरें र संन्यास लिनेबारे निर्णय गरें । तर आफ्नो देशको मायाका कारण म फेरि राष्ट्रिय टिममा फर्कनेछु । राष्ट्रिय जर्सी अमूल्य रहेको छ ।’

यसअघि उनको संन्यास घोषणा भएपछि उनका समर्थकले जुलुस निकालेका थिए । यस्तै लाखौं समर्थकले सामाजिक सञ्जालको माध्यमबाट पनि फेरि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन अनुरोध गरेका थिए । अर्जेन्टिनी राष्ट्रपति मउरिसो माक्रीले पनि मेसीलाई आफ्नो संन्यासबारे पुनर्विचार गर्न अनुरोध गरेका थिए ।

साउन ३० गते ।