विश्व चर्चित धावक बोल्टलाई लगातार तेस्रो ओलम्पिक स्वर्ण

bolt
रियो । विश्व चर्चित जमैकन धावक युसेइन बोल्टले रियो ओलिम्पिक्समा १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन्।
उक्त विधामा उनको यो लगातार तेश्रो स्वर्ण पदक हो।
उपाधी जितेपछि प्रतिक्रिया दिदैँ बोल्टले आफू खुसि भएको तर अझ तीब्र गतिमा दौडन चाहेको प्रतिक्रिया दिएका छन्।

सन् २००८ को बेइजिङ ओलिम्पिक्समा विश्व किर्तीमान सहित ९ दशमलब ६९ सेकेन्डमा दौड पुरा गरेका उनले लन्डन ओलिम्पिकमा ९ दशमलब ५८ सेकेन्ड खर्चिएर स्वर्ण पदक जितेका थिए।

रियो ओलिम्पिक्समा भने उनी पहिले भन्दा ढिलो अर्थात ९ दशमलब ८१ सकेन्डमा दौड पूरा गर्दा पनि उपाधि रक्षा गर्न सफल भए।
१०० मिटर दौडमा अमेरिकाकाका धावक जस्टिन ग्याटलीनले रजत पदक जितेका छन्।

रियो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक जित्ने क्रममा बोल्टले हालसम्मको आफ्नो ओलिम्पिक स्वर्ण पदक संख्यालाई सात पुर्याएका छन्।
रियो ओलिम्पिक्समा थप दुई स्वर्ण पदक जित्ने आफ्नो अभिलाषा रहेको उनले बताउँदै आएका छन्।
उनले २०० मिटर दौड र ४ × १०० मिटर दौडमा पनि लगातार तेश्रो स्वर्ण पदक जित्ने उद्देश्य रहेको र सन् २०१७ को विश्व च्याम्पियनसिपपछि एथलेटिक्सबाट सन्यास लिने बताएका छन्।
साउन ३१ गते ।