रियो ओलम्पिकमा अमेरिकालाई ३५ वटा स्वर्ण पदक

रियो । ब्राजिलको रियोमा जारी ओलम्पिकमा ३५ स्वर्ण पदकसहित १०० पदक जितेर अमेरिका अग्र स्थानमा रहेको छ । २२ स्वर्ण पदकसहित ५५ पदक जितेर बेलायत दोस्रो स्थानमा रहेको छ भने २० स्वर्ण पदकसहित ५८ पदक जितेर चीन तेस्रो स्थान ओगटेको छ । जर्मनी १३ स्वर्णसहित ३२ पदक जितेर चौथो र रुस १२ स्वर्णसहित४४ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।
ओलम्पिक खेलमा सहभागी राष्ट्रहरुमध्ये ७१ राष्ट्रहरुले पदक प्राप्त गरेका छन् । भारतले एउटा काँस्य पदक जित्नुबाहेकनेपाल लगायत दक्षिण एसियाली मुलुकहरु कसैले पनि अहिलेसम्म पदक जित्न सकेका छैनन् ।
भदौ ३ गते ।