विश्वप्रसिद्ध धावक बोल्टको वाइल्ड रंगिला

काठमाडौ। अफ्रिकन मुलुक जमैकाका विश्वप्रसिद्ध धावक बोल्ट बढी नै रसिक मिजासको देखिएको छ। यही रसिक मिजासको कारण बेला बखत बोल्ट बोल्ड भएर चर्चामा आउने गरेका छन्।
केही दिन अघि मात्र बोल्टको यही मिजासले उनी एक नयाँ गर्लफ्रेण्डका साथ रंगेहात पक्राउ परेका छन्। विभिन्न नाइट पार्टीहरुमा वाइल्ड भएर प्रस्तुत हुंदैआएका बोल्ट यसपल्ट नयाँ गर्लफ्रेण्डका साथमा बेडमा नै लुटुपुटु भैरहेको अवस्थामा भेटिएको लफडाटिभीको अंग्रेजी अनलाइन संस्करणले उल्लेख गरेको छ।
आफ्नो ३० बर्षको जन्मदिनको उत्सव मनाउने क्रममा बढी नै वाइल्ड बनेर त्यसप्रकारले गरेको हर्कतले बोल्ट आफै लज्जित बनेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ७ गते मंगलवार ।