आईसीसी विश्वकपका लागि ३८ जना महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट

maitrinews

cricket-bat-ball-
काठमाडौँ । आइसिसी विश्वकप छनोट एसिया–२०१६ का लागि ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा परिषदले पहिलो चरणमा ३८ खेलाडीको छनोट गरेको हो।

राष्ट्रिय छनोट प्रतियोगिताअघि जिल्ला छनोट असार २८ र क्षेत्रीय छनोट असार ३० देखि ३१ गतेसम्म भएको थियो । छनोट हुने खेलाडीमा रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मी शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, सङ्गीता राई र शोभा आले छन् ।

त्यसैगरी, रचना अर्याल, सीता श्रेष्ठ, शारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, ईन्दु बर्मा, वर्षा राणा, सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा, ममता थापा तथा गीता गोसाईं छिन् ।

तृष्णा सिंह, रोशनी बोहरा, कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता रानामगर, सरिता मगर, सोनु खड्का, ज्योति पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी प्रारम्भिक छनोटमा पर्न सफल भए । उक्त छनोट प्रतियोगिता आगामी असोज २३ देखि २९ गतेसम्म हङकङमा हुँदैछ ।