कोलम्बिया सरकार र फार्क विद्रोहीबीच नयाँ शान्ति सम्झौतको घोषणा

maitrinews

 
कोलम्बिया । पहिलो शान्ति सम्झौता जनमत संग्रहबाट अस्वीकृत भएको ६ हप्तापछि कोलम्बिया सरकार र विद्रोही समूह फार्कले नयाँ शान्ति सम्झौता घोषणा गरेका छन्।
५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले त्यहाँ शान्ति सम्झौताको प्रक्रिया थालिएको थियो।
पहिलो सम्झौता वामपन्थी विद्रोहीका लागि धेरै हदसम्म उदार भएको रुपमा बुझिएको थियो।
अबको नयाँ सम्झौतालाई सिधैँ मतदातामा लैजानुभन्दा अघि संसदले अनुमोदन गर्नुपर्ने ठानिएको छ।

नयाँ शान्ति सम्झौतामा समाजका विभिन्न क्षेत्रले सुझाएका प्रस्तावहरुलाई समावेश गरिएको छ।
अघिल्लो शान्ति सम्झौताविरुद्ध अभियान चलाएका पूर्व राष्ट्रपति अलभ्येरो उरिबे पनि पछिल्लो शान्ति सम्झौताको लागि भएको वार्तामा सहभागिता थियो