अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट रुस बाहिरिने आदेशमा हस्ताक्षर

maitrinews

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमा सम्मिलित हुने प्रकृया रोक्ने एउटा आदेशमाथि हस्ताक्षर गर्नुभएको छ।
त्यसो गरेर उहाँले रुसले आफ्नै नीति अनुशरण गर्ने र अन्तर्राष्ट्रिय नियमहरुको पालना नगर्नेतर्फ संकेत गरेका छन्।
सन् १९९८ मा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको एउटा समूहले रोम सन्धि स्वीकार गरेको थियो जसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीको स्थापना गर्यो।
त्यसले चारवटा प्रमुख अन्तर्राष्ट्रिय अपराधहरुको पहिचान गरेको थियोः आमहत्या, मानवताविरुद्धका अपराध, युद्ध अपराध र आक्रमणका अपराध।
प्रकृया स्थगित
त्यसको दुई वर्षपछि रुसले त्यो सन्धिमा हस्ताक्षर गर्यो तर सन्धिलाई कहिल्यै अनुमोदन गरेन।
अमेरिका र चीन जस्ता केही शक्ति राष्ट्रहरु आइसीसीमा सम्मिलित छैनन्।
आज त्यो सन्धि अनुमोदन गर्ने प्रकृयालाई रुसी राष्ट्रपति पुटिनले रोकेका छन्।
यसै हप्ता केही समयअघि आइसीसीका अभियोजनकर्ताले एउटा प्रतिवेदन सार्वजनिक गरेका थिए।