म्यानमारमा रोहिञ्ज्या समुदायमाथि सैन्य कारबाही, १०० भन्दा बढीको मृत्यु , १२ सय घर नष्ट

 

म्यानमार । म्यानमारको मुस्लिम अल्पसंख्यक रोहिञ्ज्या समुदायका गाउँका १२ सय भन्दा बढी घरहरु नष्ट छ। सेनाले रखाइनमा सुरक्षा कारवाही शुरु गरेको छ तर सरकारले भने घरहरु जलाएको अस्वीकार गरेको छ।
रोहिञ्ज्याहरु संसारकै सबभन्दा बढी सताईएका अल्पसंख्यक समुदाय मध्ये एक हुन्। दसौं हजार मानिसहरु त्यो ठाउँ छोडेर भागेका छन्।
म्यानमारको सरकारले रोहिञ्ज्याहरुले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्नका लागि आफ्नै घर जलाउँदै गरेको बताएको छ।
कारवाहीमा १०० जना भन्दा बढी मारिएको र सयौं गिरफ्तार गरिएको रोहिञ्ज्या अभियानकर्ताहरु बताउँछन्।
सैनिकहरुमाथि यातना, बलात्कार र हत्या लगायतका गम्भीर दुर्व्यवहार गरेको आरोप लागेको छ, जुन सरकारले अस्वीकार गरेको छ।
रोहिञ्ज्याहरु भागेर बांग्लादेश जाने प्रयास गरिरहेको समयमा बांग्लादेशले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ।
म्यानमारका करीब १० लाख रोहिञ्ज्यालाई त्यहाँका बहुसंख्यक बौद्धमार्गीले बांग्लादेशबाट आएका गैरकानुनी आप्रवासी ठान्दछन्।