अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध लाखौँ मानिसव्दारा विरोध प्रदर्शन

अमेरिका  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध १० लाख भन्दा बढी मानिसहरु देशभरका शहरमा विरोध प्रदर्शनमा उत्रिएका छन्।
अपेक्षा गरिए भन्दा ठूलो संख्यामा प्रदर्शनकारीहरु विरोधमा उत्रिएका छन् र विश्वभरमा गरेर ६ सय भन्दा बढी र्यालीहरु भएको ठानिएको छ।
ट्रम्पले भने शनिबारको प्रदर्शनहरुबारे भने केही प्रतिक्रिया दिनुभएकोे छैन।
ह्वाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारको विषयलाई संकटमा पार्ने अधिकारकर्मीहरुले ठानेका छन्।
विरोध गर्नुको उद्देश्य सिद्धान्तत महिला अधिकारका विषयलाई प्राथमिकता दिनु थियो।
विरोध र्यालीहरुमध्ये सबैभन्दा ठूलो वासिङ्टनको थियो, जहाँ अधिकारीहरुले पाँच लाख भन्दा बढी मानिसहरु भेला भएको अनुमान गरिएको छ।
शुरुमा आयोजकहरुले वासिङ्टनमा दुई लाख मानिस आउने अपेक्षा गरेका थिए।
धेरैले शुक्रबार राष्ट्रपतिको शपथ कार्यक्रममा भेला भएका मानिसहरु भन्दा उहाँको विरुद्ध उत्रिएका मानिसको संख्या बढी भएको अनुमान गरेका छन्।