टीपीपीबाट अमेरिका बाहिरियो,ओबामाको एसिया नीति परिवर्तन

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा व्यापार सम्झौता ट्रान्स प्यसिफिक पार्टनरशिप टीपीपी बाट बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेर आफ्नो चुनावी अभियानका क्रममा जनाएको प्रतिबद्धता पुरा गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको बाँकी विश्वसँगको अमेरिकी सम्बन्धबारे एउटा निर्णायक परिवर्तन गरेर उहाँले भने जस्तै गरी आफ्नो पहिलो बास्तविक दिन कार्यालयमा बिताउनुभएको छ ।
उहाँले यो सम्झौतासँगै प्रशान्त महासागरले छोएका देशहरुसँगको खुल्ल व्यापार सम्झौताबाट बाहिरिने निर्णय गरेका छन्।
१२ राष्ट्र सम्मिलित उक्त व्यापार सम्झौता पूर्व राष्ट्रपति बराक ओबामाको सर्वाधिक महत्वपूर्ण एशिया नीति थियो।
एउटै हस्ताक्षरमार्फत टिपिपि सम्झौता तोड्दै ट्रम्पले आफूले भर्खरै गरेको काम अमेरिकी श्रमिकहरुका लागि महान भएको बताउनुभयो।
विभाजित अमेरिकी संसदले सम्झौतालाई अनुमोदन नगरिसकेकाले ट्रम्पको कार्यकारी आदेश धेरै हदसम्म सांकेतिक छ।