यस वर्षकी विश्व सुन्दरी फ्रान्सकी आइरिस मित्तेराँ
मनिला, १७ माघ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए।

France was crowed Miss Universe on January 30 in a glitzy spectacle free of last year’s dramatic mix-up but with a dash of political controversy as finalists touched on migration and other hot-button global issues. / AFP PHOTO / TED ALJIBE
दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत तेइस वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी हुन्।

राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगीताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिरताज पहिराइ दिइन् । उत्तरी फ्रान्सको एउटा सानो नगर – लिली निवासी सुन्दरी मित्तेराँले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका एक सामान्य प्रश्नको उत्तरमा यस प्रतियोगीतामा आफू प्रथम वा द्वितिय वा तृतिय जुनसुकै स्थानमा पर्न पाए पनि हर्षले गद्गद् हुने बताएकी थिइन्, तर प्रथम स्थान नै उनको पोल्टामा पयो ।
सो प्रतियोगीतामा हैटिकी पच्चीस वर्षीया सुन्दरी राकेल पेलिसियर दोश्रो स्थान (फस्र्ट रनर–अप) मा र कोलम्बियाकी तेइस वर्षीया सुन्दरी एन्ड्रिया टोभार तेश्रो स्थान (सेकेण्ड रनर–अप) मा विजयी हुन सफल रहे । द्वितीय स्थानमा रहन सफल सुन्दरी राकेलको गृह नगर सन् २०१० मा हैटिमा आएको महाभूकम्पमा परेर ध्वस्त भए ता पनि उनी जीवित रहन सफल रहेकी थिइन् । एपी
