जीनत अमानको बैशालु रहर

काठमाडौ । उमेरले बूढो बनाएपनि मनले कहिले पनि मानिसलाई बूढो बनाउंदैन । मन सधैं तन्नेर हुने गर्दछ । यो ध्रुवसत्य कुरा नै हो । यस सत्य कुरालाई बलिउडकी नायिका जीनत अमानले प्रमाणित गर्ने कोशिश गरिरहेकी छन् । चढ्दो उमेरमा बढ्दो तन्नेरी मनले गर्दा उनमा बिबाह गरेर बैशालु बन्ने जोश बढ्ेको भारतीय समाचार एजेन्सीले जनाएको छ ।

Zeenat Aman 3

सत्तरीको दशकको अत्यन्त कामुक नायिका मानिएकी बलिउड नायिका जीनत अमान यो बर्षवाट ६५ बर्ष पुगेकी छन् । ६५ बर्षको चढ्दो उमेरमा बिन्दास बनेर बिहे गर्ने रहर लागेको बताएर सबैलाई चकित पार्ने कार्य जीनतले गरेकी छन्।

जीनतले सन् १९८५ सालमा अभिनेता मजहर खानसँग बिबाह गरेकी थिइन् । बिबाह गरेको १३ बर्ष पछि सन् १९९८ सालमा मजहरको दुःखद निधन भएको थियो । श्रीमानको निधनपछि एकल जीवन बिताउंदै आएकी जीनतको दुई छोरा छन् । दुवै छोराहरु हाल कमाउने भैसकेकोले यतिखेर आफू अलि स्वतन्त्र जस्तो अनुभव भएकोले बिहे गर्ने रहर जागेको उनले भारतीय समाचार एजेन्सीलाई बताएकी छन्।

Zeenat Aman 2

जिन्दगीप्रति कुनैखाले गुनासो नभएको बताउने उनी आफ्नो जिन्दगीबाट आफै रमाउंदै अगाडि बढने क्रममा रहेको भन्छिन् । चढदो उमेरमा पनि कहिले बूढयौलीको अनुभव नभएको समेत उनले भनेकी छन् । उनले ७० देखि ८० को विचमा हरे राम हरे कृष्ण, यादों की बारात, डन,कुर्वानी, लावारिस, दोस्ताना जस्ता दर्जनौ हिट फिल्ममा अभिनय गरेकी छन्।

Zeenat Aman 1प्रकाशन मिति–२०७३ साल फागुन १० गते मंगलवार ।