गोठाटारमा चितुवा, हेर्नेहरुको भीड

maitrinews

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि गोठाटारस्थित  एउटा रुखमा चितुवा देखियो। कुकुरको छाउरो मारेर खाइरहेको अवस्थामा स्थानीयले देखेका थिए। टोलभरिबाट मान्छे हेर्न जम्मा भएपछि चितुवा नजिकैको रुख चढ्यो।
मान्छेको भिड देखेर चितुवा दिउँसो रुख तल ओर्लन नसकेको विश्लेषण चिडियाखाना कर्मचारीले गरेका छन्।
एकपछि अर्को गर्दै मान्छे हेर्न आउने क्रम रोकिएन।
मंगलबार दिउँसो चितुवा पक्रन प्रहरी तथा चिडियाखानाका कर्मचारी परिचालनै भए। उनीहरुले चितुवा पक्रने अनेक प्रयत्न गरे। रुखको टुप्पोमा लुकेका कारण लठ्याउने औषधि हान्न गाह्रो पार्‍यो। गोली प्रहार गर्दा रुखबाट तल खसेर मर्ने सम्भावना देखिएपछि प्रहरी र चिडियाखाना कर्मचारीले चितुवा चलाएनन्।
मान्छेको भिड देखेर चितुवा दिउँसो रुख तल ओर्लन नसकेको विश्लेषण चिडियाखाना कर्मचारीको छ।