चुरे वन क्षेत्रको संरक्षण गर्न ७०० सैनिक खटाइँदै

काठमाडौँ । चुरे लगायतका वन क्षेत्रको संरक्षणमा सेना खटाउन रहेको अड्चन कानूनी संशोधनमार्फत हटाउने प्रक्रिया थालिएको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ।
वन तथा चुरे संरक्षणमा विभिन्न खाले अवरोध सिर्जना भएको, वनका कर्मचारीहरुमाथि हमलाका घट्ना बढेको भन्दै मन्त्रिपरिषद्ले हालसालै नेपाली सेनालाई वन रक्षकको रुपमा काजमा खटाउने निर्णय गरेको थियो।
यसअघि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षित क्षेत्रमा नेपाली सेना खट्दै आएकोमा सरकारले चुरे लगायत वन क्षेत्रको संरक्षणमा पनि झण्डै ७ सयजना नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको हो।
सुरक्षा निकायबाट निजामति निकायअन्तर्गत सेनालाई काजमा लैजान कानूनी अवरोध देखिएपछि वन, रक्षा र नेपाली सेनाका अधिकारीहरुले संयुक्त रुपमा विद्यमान अवरोध हटाउन कानून संशोधनको खाका तयार गर्न जुटेको वन तथा भू(संरक्षणमन्त्री शंकर भण्डारीले बताउनुभयो।
उहाँले भन्नुभयो,वन मन्त्रालयमा सेनाबाट सिधै कर्मचारी ल्याउने अहिलेको मौजुदा ऐन(कानूनमा व्यवस्था नभएको कारणले तत्कालका लागि काजमा ल्याउने भन्ने किसिमबाट निर्णय गरिएको हो। त्यसमा पनि अब कानूनी रुपमै उनीहरुलाई वनमा ल्याएर वन रक्षकका रुपमा परिचालन गर्ने भन्ने उद्देश्य हो ।