सीमांकन हेरफेर आवश्यक छैन : प्रचण्ड
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि संविधानमा सीमांकन हेरफेर आवश्यक नरहेको बताउनुभएको छ । संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सीमांकन संशोधनबिना नै स्थानीय तहको निर्वाचनमा जाने सकिने बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन अघि सीमांकन हेरफेर अनिवार्य नरहेको बताउँदै चुनावमा सहभागी हुन मधेसकेन्द्रित दललाई अपिल गर्नुभयो। आज ललितपुर महानगरपालिकाबाट स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भ समारोहलाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संशोधन जतिबेला सकारात्मक वातावरण बन्छ । राजनीतिक समझदारी भएपछि त्यतिबेला पास होला । निर्वाचन गर्न संविधानमा सीमाकंन हेरेफेर अनिवार्य छैन ।’
चैत १ गते ।