रामेश्वर खनालले छाडे नयाँशक्ति पार्टी
काठमाडौँ । पूर्वअर्थसचिव रामेश्वर खनालले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा गरेका छन्।
उनले पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाएका हुन्। ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ’उनले भने ।
खनालले यसअघि पनि आफू नयाँशक्तिको शुभेच्छुक रहेको तर पार्टीमा आबद्ध नरहेको बताउँदै आएका थिए।
चैत २ गते ।