अमेरिकी नौसेना प्रमुख ह्यारिस आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी नौसेना नेभी प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आज नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्।
सन् २०१५ मा अमेरिकी नौसेना प्रमुखमा नियुक्त भएका ह्यारिस केही समय यता नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीनदिने नेपाल भ्रमणका क्रममा ह्यारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग भेटवार्ता गरी नेपाल(अमेरिका सैन्य सहकार्य र सहयोगबारे छलफल गर्ने भएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिलाले अमेरिकी नौसेना प्रमुख सद्भावना भ्रमणमा आउन लागेको बताए।
अमेरिकी नौसेना प्रमुख ह्यारी नेपाली सेनाले पाँच खालमा सोमबारदेखि पाँचखालमा आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुने छन्। संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २७ देशले सहभगिता जनाउने स्रोतले जनाएको छ।
अमेरिकाले नेपाली सेनासँग रणनीतिक सहकार्यलाई निकै प्राथमिकतामा राखेको पाइन्छ। समय(समयमा अमेरिकी सेना र नेपाली सेनाबीच संयुक्त सैन्य अभ्यास हुने गरेका छन्। भारतपछि नेपालले संयुक्त सैन्य अभ्यास गरेको मुलुक अमेरिका हो।

चैत ६ गते ।