एमालेका बरिष्ठ नेता नेपाल,बंगलादेशका सभामुख चन्द्रागिरि हिल्समा

maitrinews

चन्द्रागिरि । भूतपूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गर्नुभएको छ । भूतपूर्व प्रधानमन्त्री नेपालले काठमाडौं उपत्यकाको ऐतिहासिक र अत्यन्त रमणीय स्थल चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकारले देशको पर्यटन प्रवद्र्धन र आय आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यथार्थ झनै प्रष्ट हुँदै गएको छ भन्दै महत्वपूर्ण काम गर्न सफल भएकोमा अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत चन्द्रागिरि हिल्स लिमिटेड परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै बंगलादेश संसद्का सभामुख डा. शीरिन शर्मिन चौधरीले पनि आजै चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गर्नुभयो । भ्रमणका क्रममा चन्द्रागिरि पर्वतबाट देखिएको दृश्यले आफु प्रभावित भएको भन्दै बंगलादेश सरकार तथा जनताको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
छिमेकी मित्र राष्ट्र चीनको बेईजिङ्गबाट आउनुभएका धर्म गुरु लि चीएले पनि आजै चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गर्नुभयो । चन्द्रागिरि हिल्स लिमिटेडको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै चीएले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महत्त्वपूर्ण कदम यहीबाट चाल्नुभएको उल्लेख गर्नुभएको छ । २५५१ मिटरको अग्लो यस पर्वतबाट राजधानी काठमाडौं लगायत उच्च हिमशृंखलाको दर्शन गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताउनुभयो ।
भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराउनुभएको थियो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
चैत १० गते ।