मोर्चा चुनावमा आए काँग्रेस दुई चरणमा चुनाव गराउन तयार

काठमाडौँ । दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले राजनीतिक सहमतिका निम्ति स्थानीय तहको चुनाव दुई चरणमा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
दुई नम्बर प्रदेशका कांग्रेस नेताहरुले पार्टी नेतृत्वसँगको सामूहिक छलफलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनावमा सहभागी गराउन भन्दै त्यस्तो उपाय सुझाएका हुन्।
संविधान संशोधन विधेयक र निर्वाचन अस्वीकार गर्ने मोर्चाको निर्णयपछि आयोजित छलफलमा पार्टीका जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरु सहभागी थिए।
आफूहरुले दिएको सुझाव सुनाउँदै नेता फरमुल्लाह मन्सुर भन्छन्, ूमधेशको समस्या सम्बोधन गरेर गराइने निर्वाचन शान्तिपूर्ण र त्यसमा सबैको सहभागिता हुन्छ। त्यसैले त्यसको निम्ति समय लाग्छ भने पनि मधेशका जिल्लामा दोश्रो चरणमा चुनाव गराउनुपर्छ।
वैशाख ३ गते ।