टर्कीको जनमत संग्रहमा राष्ट्रपति एर्डोगान विजयी,अर्को १२ वर्ष सत्तामा रहने

टर्की । टर्कीको निर्वाचन बोर्डका प्रमुखले जनमत संग्रहमा राष्ट्रपति रिसिप तैयप एर्डोगान साँघुरो अन्तरले विजयी भएको बताएका छन्।
९९ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा राष्ट्रपतिको उल्लेख्य रुपमा अधिकार बढाउनुपर्ने एर्को अभियानले ५१ प्रतिशत भन्दा अलिकति बढी मत पाएको जनाइएको छ।
टर्कीको प्रमुख विपक्षी दल सिएचपीले जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएको छ।
उसले छाप नलागेका मतपत्रहरुलाई मतदान केन्द्रहरुले मान्यता दिने जस्ता धाँधलीपूर्ण गतिविधि भएको भन्दै चुनावी परिणामलाई चुनौती दिने उल्लेख गरेको छ।उक्त विजयबाट एकदमै उत्साहित राष्ट्रपति एर्डोगान आफूलाई अर्को १२ वर्ष सत्तामा राख्ने गरि संवैधानिक परिवर्तनहरु गर्ने आफ्ना समर्थकहरुलाई बताएका छन्।
उहाँले मृत्युदण्डको सजाय पुनः कायम गराउन अर्को जनमत संग्रह गर्ने बताइसकेका छन्।
युरोपेली संघले त्यस्तो व्यवस्था गरिए टर्कीलाई सदस्यता दिनेबारेका छलफल समाप्त हुने चेतावनी दिएको छ।
वैशाख ४ गते ।