प्रचण्ड र देउवाको आग्रहपछि गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा फिर्ता

काठमाडौँ । गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच आज विहान छलफल भएपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो । छलफलमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह गर्नुभएको थियो ।

गृहमन्त्रीबारे नै गए राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गर्नुभएको थियो ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधिले राजीनामा दिनुभएको थियो ।
अब उपप्रधान तथा गृहमन्त्री निधि सरकारको बरियतामा दोस्रो स्थानमा रहनुहुनेछ ।
यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो ।
वैशाख २१ गते ।