साइकल यात्रुलाई चन्द्रागिरिको प्रयोजन

 


काठमाडौँ । चन्द्रागिरि–हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मूल
नाराका साथ शुरु भएको साइकल यात्रा चन्द्रागिरि केबलकार पुगेको
छ । काठमाडौं हुँदै लुम्बिनीसम्मको चार दीवसीय साइकल यात्रामा रहेका झन्डै
८० जनाको समुहलाई चन्द्रागिरि केबलकारले निशुल्क टिकट प्रदान गरेको थियो ।
साइकल यात्रामा रहेको टोली चन्द्रागिरि, चित्लाङ्ग, हेटौडा हुँदै लुम्बिनी पुग्ने छ ।
‘टुर डे लुम्बिनी’ द्वारा आयोजित उक्त साइकल यात्रामा ‘अहिंसा, शान्ति र
सद्भावका लागि साइकल’ अंकित सन्देश लेखिएका प्ले कार्ड बोकिएको छ । ‘राष्ट्र
पहिलो, स्वाभिमान नेपाल’ महाभियान उद्देश्य सहित संचालित कार्यक्रमको नाम ‘
पेडल फर पिस २०१७’ दिईएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस
कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल
लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा
लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

वैशाख २५ गते ।