मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगञ्जबाट पक्राउ

 

वीरगञ्ज, जेठ ४ गते । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। उनलाई मंगलबार (जेठ ४ गते) पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार, प्रसाईँलाई वीरगञ्जस्थित ‘दियोलो होटल’ बाट पक्राउ गरिएको हो। आफ्नो अभियानअन्तर्गत भोलि वीरगञ्जमा आयोजना हुन लागेको कार्यक्रमका लागि उनी आजै त्यहाँ पुगेका थिए।

प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई होटलबाटै नियन्त्रणमा लिएको हो। उनलाई कुन आरोपमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी दिएको छैन। पछिल्लो समय प्रसाईँ आफ्ना राजनीतिक र सामाजिक अभियानका गतिविधिहरूका कारण निरन्तर चर्चा र विवादमा रहँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *