राजस्वभन्दा चालु खर्च बढी

 

काठमाडौं । देशले बर्षभरीमा कमाउने पैसा अर्थात सरकारी राजस्वभन्दा सरकारी कर्मचारीको लतव भत्ताका खुवाउनकालागि प्रयोगहुने रकम अर्थात चालु खर्च बढी भएपछि देशेको विकास पूर्णरुपमा विदेशीको सहयोगमा निर्भर वनेको छ । सरकारले आगामी आर्थिक बर्षकालागि गत १५ जेठमा संसदमा प्रश्तुत गरेको बजेटमा राजस्व् भन्दा चालु खर्च ७३ अर्बले बढी छ ।
सरकारी आम्दानी भन्दा तलव–भत्ता गायतको प्रयोजनमा प्रयोगहुने खर्च नै बढी भएपछि सरकारी ढुकुटीवाट विकास असंभव देखिएको हो । सरकराले विनियोजन गरेको बजेट अनुसार देशेको विकासकालागि वैदेसिक सहायता, वैदेसिक ऋण र आन्तरिक ऋणमा भर पर्नुपर्ने हुन्छ ।
सरकारले आगामी आर्थिक बर्ष २०७४÷७५ कोलागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बार्षिक बजेट सार्वजनिक गरेको छ । तत्कालिन उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महरालेसंसदमा सार्वजनिक गरेको सो बजेटमा चालु खर्च तर्फ ८ खर्ब २ अर्ब ५३ करोड ५४ हजार रुपैयाँ अर्थात कुल बजेटको ६२ दशमलव ८ प्रतिशत रकम विनियोजन गरिएको छ ।
विनियोजित बजेटको खर्च ब्यवस्थापनकालागि सरकारले राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजाररुपैयाँ उठाउने प्रक्षेपण गरेको छ । राजस्व सरकारको प्रमूख आम्दामी हो । चालु खर्चकालागि विनियोजन गरिएको रकम सरकारले गर्ने कुल आम्दानी अर्थात राजस्व भन्दा ७२ अर्ब ४७ करोड ९८ लाख ३० हजार रुपैयाँ बढी हो ।