विजुलीको विल अब अनलाइनबाट

maitrinews

 

काठमाडौं । उपभोक्ताहरुले अवदेखि विजुलीको विल अनलाइन प्रणालीवाट भुक्तानीगर्न पाउने भएका छन् । नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बिहिबार यस्तो घोषणागर्दै एकहप्ताभित्रैमा यो प्रणाली शुरुहुने वताए । उर्जामन्त्री शाहीले एक हप्ताभित्रै विद्युत महशुल कारोबार अनलाइन डिजिटल प्रणालीमा अघि बढाउने बताएका हुन् । ‘एक हप्ताभित्रै अनलाइनबाटै पेमेन्ट सुरु हुँदैछ,’ उनले भने ‘यसको लागि मैले निर्देशन दिइसकेको छु ।’
शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताए । विद्युत व्यवस्थापन गर्न कम पावरको बल्ब र फ्यानहरुको प्रयोग गर्नुपर्ने बताए । मन्त्री शाहीले झोलामा खोला बोकेर हिँड्ने तर, काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिए । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उनको योजना रहेको छ ।
उनले मुआब्जाको समस्या छिट्टै हल गर्ने बताए । मुआब्जाका लागि करिब ६० अर्ब चाहिन्छ । १६ अर्ब मुआब्जा रकम निकासा भइसकेको छ भने अहिले १० अर्ब निकासाको तयारीमा रहेको मन्त्री शाहीले बताए ।
उनले विद्युत क्षेत्रको विकासका लागि उर्जा उत्पादनमा वृद्धि गरिने जनाए । मन्त्रीशाहीले अब लोडसेडिङ नहुने समेत जिकिर गरे । ट्रान्समिसन लाइन मर्मत गर्दा र काम गर्दा केही क्षण डिस्टर्व भएपनि समग्रमा लोडसेडिङ नहुने दाबी गरे ।
उनले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका समेत दिए । सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न सकेन भने हामी सम्झौता तत्काल खारेज गर्ने उनले वताए ।