सेञ्चुरीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टराई

 

काठमाडौं । सेञ्चुरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकको आश्विन १ गते बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाको राजिनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्ने गरी जिम्मेवारी दिएको हो ।
कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका जीवन भट्टराई बैंकसञ्चालन हुनु पूवदेखि नै दोस्रो वरियताको रुपमा विगत ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । निजले व्यवस्थापनमा अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् । उनी कानूनमा स्नातक समेत छन् ।
जीवन भट्टराईले विगतमा हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष कार्य गरी सेञ्चुरी बैंकमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्गमा कार्य अनुभव लिएका छन् । अधिवक्ता र अडिटर समेत रहेका जिवन भट्टराई बैंक जनताको विश्वासमा चल्ने भएकोले नीति–नियम अन्र्तगत रही नियमनकारी निकायहरुको निर्देशनको पालना गर्दै पारदर्शीरुपमा चल्नु पर्दछ भन्ने मान्यता राख्ने बैंकरको रुपमा चिनिन्छन् । जीवन भट्टराईलाई नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालन गर्ने र सक्षम बैंकरको रुपमा मानिन्छ ।