नेप्सेमा सुधारको संकेत
काठमाडौं । शेयर करोवारमा सुधारको संकेत देखिन थालेको छ । यो साताका पछिल्ला केही दिन बजारमा सुधार हुने अवस्था देखिएको हो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर अन्तिम दिन १५१०.०२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.६७ अंकले बढेर ३१७.६३ अंकमा आईपुगेको छ ।यस साता नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २०००८ कारोबारबाट एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार रुपैयाँ बराबरका ३९ लाख ४३ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
यस साता कारोबार रकम (१३ करोड ५६ लाख ३० हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ६२ हजार कित्ता) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (११२२ वटा) को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।