बलर सन्दिप दिल्लीबाट खेल्ने

maitrinews

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग ९आईपीएल० अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।
उनी अक्संमा २ सय ७६ औं नम्बरमा थिए। यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । दिल्लीडेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई टिममा सामेल गर्न पाएकोमा खुशी भएको प्रतिक्रिया दिएको छ ।