इंग्ल्याण्ड, बेल्जियम र स्विडन विजयी

maitrinews


मस्को । विश्वकप फुटबल अन्तर्गत गएराति भएका खेलमा तीन युरोपेली टोलीहरू इंग्ल्याण्ड, बेल्जियम र स्विडन विजयी भएका छन्।
इंग्ल्याण्डले ट्युनिसियालाई २—१ ले हराउँदा ह्यारी केनले अन्तिम समयमा गरेको गोल निर्णायक बन्न पुग्यो।

इंग्ल्याण्डलाई पहिलो गोल गरेर अग्रता दिलाएका केनले खेल समाप्त हुनुअघि थप गरिएको समयमा चतुर्‍याइँपूर्वक हेड गरेर आफ्नो टोलीलाई जिताएका थिए। फल खेलेको दण्डस्वरूप इंग्ल्याण्डविरुद्ध पेनाल्टीमा ट्युनिसियाका फेरजानी सासीले बारबारी गोल गरेका थिए।