गुञ्जिदैंछ सात प्रदेश सप्तरङ्गका साङ्गीतिक रङ्गहरुले

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहँदै आएको टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रा.लि.को सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरन्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नु हुनेछ ।
सप्तरङ्गको पहिलो शृँखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा कात्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ । कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरलेलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनु हुनेछ ।
नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ ।
सप्तरङ्ग सिरिज २ एक विशुद्ध सांगीतिक मनोरन्जनात्मक कार्यक्रम हो र यो कार्यक्रम विभिन्न फरक फरक दिनमा सातवटै प्रदेशमा दिउँसो ३ बजेपछि प्रदर्शन गरिनेछ ।